गृहपृष्ठ सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

सिभिल बैंकद्वारा विद्यालयलाई बेन्च हस्तान्तरण

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्नो दमक शाखा सञ्चालनमा ल्याएको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको छ । महालक्ष्मी आधारभूत विद्यालय, दमकको वाषर््िाकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकले बेन्च हस्तान्तरण गरेको हो ।
सो बेन्च सिभिल बैंकका विराटनगर क्षेत्रका क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीद्वारा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजु तामाङ तथा दमकन नगरपालिका–९ का अध्यक्ष रामबहादुर धिमाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा विद्यालयका सञ्चालक समितिका पदाधिकारी, विद्यार्थीहरू, अभिभावक तथा सो क्षेत्रका उद्योगी, व्यवसायी, समाजसेवीलगायत गन्यमान्य व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । शिक्षा नै समृद्धिको आधार भएको मनन गर्दै महालक्ष्मी आधारभूत विद्यालय, दमकलाई बेन्च हस्तान्तरण गरेको बैंकका बजार प्रबन्धक सुजितकुमार शाक्यले बताए ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु