गृहपृष्ठ बलात्कृत बालिकाको आमाको बैंक खातामा भेटियो १८ लाख

बलात्कृत बालिकाको आमाको बैंक खातामा भेटियो १८ लाख

काठमाडौं । दुइवटा बैंक खातामा ९र९ लाख रुपैयाँ भेटिएपछि प्रहरीद्धारा खाता रोक्का गरेको छ । बलात्कारपीडित बालिकाकै आमाको बैंक खातामा १८ लाख रुपैयाँ जम्मा भएको फेला परेको छ ।

दुईवटा बैंकका खातामा ९,९ लाख रुपैयाँ भेटिएको हो । प्रहरीले यसअघि विचौलिया नै रकम लगेर फरार भएको दावी गरे पनि पीडित बालिकाकी आमाको नामको खातामै रकम भेटिएको छ ।

मितेरी डेभलमपेन्ट बैंक र एनएमबी बैंकमा पुस २४ को मितिमा रकम जम्मा भएको देखिएको छ । पीडित बालिकाका नाममा इटहरी उपमहानगरपालिका १९ को बरमपुरमा ७ लाख बराबरको जमि किनेको पनि फेला परेको छ ।

पुस १८ गते प्रहरी कार्यालयमै बलात्कार घटनाको मिलपत्र भए पनि लेनदेन भने बाहिर अर्कै कागज गरेर भएको स्रोतले बतायो । आजको कान्तिपुरमा यो खबर छ ।

प्रकाशित समय ०२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु