गृहपृष्ठ समृद्ध नेपालका लागि स्वस्थ नेपाली : प्रदेश प्रमुख कायस्थ

समृद्ध नेपालका लागि स्वस्थ नेपाली : प्रदेश प्रमुख कायस्थ

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ का साथै सिंगो मुलुकलाई समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगन्जद्वारा जनकपुरको जानकी मन्दिरमा आयोजित योगस्थलमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख कायस्थले स्वस्थ रहनका लागि योग अनिवार्य रहेको बताए ।

उनले योगको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यलाभ हुने भन्दै समस्त नेपालीलाई योग गर्न आग्रह गरे । ‘योगले सकारात्मक सोचको विकास हुनुका साथै आत्मज्ञानको समेत प्राप्ति हुने हुँदा मानव जीवनमा योग अत्यन्तै लाभकारी छ,’ प्रदेश प्रमुख कायस्थले भने ।

कार्यक्रममा प्रदेश २ प्रदेश मुख्यमन्त्री लालबाबु राउत, भारतीय महावाणिज्य दूतावासका कन्सुलर तथा योगगुरु, स्थानीय योग गुरु तथा साधकहरूको सहभागिता थियो ।

प्रकाशित समय १६:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु