गृहपृष्ठ प्रेस काउन्सिलले रवि लामिछानेलाई भन्यो– मर्यादामा रहेर काम गर्नू

प्रेस काउन्सिलले रवि लामिछानेलाई भन्यो– मर्यादामा रहेर काम गर्नू

प्रेस काउन्सिलले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछालाई पेसागत मर्यादामा रहेर काम गर्न निर्देशन दिएको छ । लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दिएपछि प्रेस काउन्सिलले उनलाई तथ्यसहितको तर्कबिना कुनै पनि खालका सतही टीका–टिप्पणी नगर्न÷नगराउनसमेत आग्रह गरेको छ ।
विहीबार प्रेस काउन्सिलबाट जारी सार्वजनिक महत्वको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘नेपालमै रही सञ्चारसम्बद्ध पेसा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेसागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाइ वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेसागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत ततसम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पु¥याउन निर्देशित गर्छ ।’

अमेरिकी नागरिकता त्याग्ने प्रक्रियामा लामिछाने
लामिछानेले अमेरिकी नागरिकता र पासपोर्ट परित्यागका लागि नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दर्ता गराएका छन् । लामिछानेविरुद्ध परेका उजुरीको छानबिनका क्रममा गत चैत २३ गते प्रेस काउन्सिलले लामिछानेलाई स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको जवाफमा लामिछानेले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दाबीसहित प्रेस काउन्सिललाई वैशाख ६ गते जवाफ बुझएका थिए । तर, लामिछानेको दाबी झुटो रहेको पत्र अध्यागमन विभाग र श्रम विभागले प्रेस काउन्सिललाई बुझाएपछि बुधबार लामिछानेले अमेरिकी दूताबासमा नागरिकता त्यागको निवदेन दिएको जानकारी अध्यागमनलाई गराएका हुन् ।
अध्यागमन विभागभले भने लामिछाने नातेदार भिसामा नेपालमा रहेकाले पारिश्रमिक लिई वा नलिई कुनै पनि काम नपाउने भने पनि प्रेस काउन्सिलले भने काम गर्न अनुमति दिएको हो । ‘लामेछानेले सूचना विभागबाट ‘प्रेस पास’ लिएका छैनन् र उनले प्राप्त गरेको ‘नाता भिसा’ लिएर नेपालमा पारिश्रमिक लिई वा नलिई कुनै पनि काम पाइँदैन’ लामिछानेविरुद्ध उजुरी परेपछि अध्यागमनले भनेको छ ।
तर, प्रेस काउन्सिलले भने उनले विदेशी नागरिकता त्याग्दै नेपाली नागरिकता लिने प्रक्रिया सुरु गरेकाले ‘मर्यादाभित्र रहेर काम गर्न अनुमति दिइएको’ जनाएको छ । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले न्युज कारोबारसँग भने, ‘उहाँले चार वर्षसम्म अनधिकृत रुपमा काम गर्नुभयो, त्यसमा हामीले माफी दिएका छौं, अब उहाँले नेपाली नागरिकता लिने प्रक्रिया सुरु गरेकाले आचारसंहिता पालना गर्दै काम गर्न भनेका हौं ।’

प्रकाशित समय १९:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु