गृहपृष्ठ यो वर्षकै सबैभन्दा भारी वर्षा भैरहवामा
यो वर्षकै सबैभन्दा भारी वर्षा भैरहवामा
कृषण खनाल

रुपन्देही तथा आसपासको क्षेत्रमा आइतबारदेखि सोमवार साँझसम्म नेपालमै सबैभन्दा बढी वर्षा भएको छ ।
जल तथा मौषम विज्ञान विभागले नेपालमा गरेको मापन केन्द्र अनुसार सबैभन्दा बढी भैरहवामा वर्षा भएको जनाएको छ । आइतवार रातिदेखि सोमवार साँझ पौने ६ बजेसम्म भैरहवामा २२६ दशमलव ९ मिलिलिटर वर्षा भएको मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।
भैरहवा पछी नेपालगञ्जमा वर्षा भएको छ । नेपालगञ्जमा २०६ दशमलव ६ मिलिलिटर वर्षा भएको छ । यो वर्षा यस वर्षकै सबैभन्दा बढी हो । यस्तै कपिलवस्तुमा १ सय ७८ दशमवल २ मिलिलिटर वर्षा भएको छ । पहाडी पाल्पा, गुल्मि अर्धाखाची जिल्लामा पनि सोमवार बढी नै वर्षा भएको छ ।
आइतवार रातिदेखि सोमबार अपरान्हसम्म लगातार वर्षा भएपनि सोमवार साँझ केहीबेर वर्षा रोकिएको थियो । साँझ केहीबेर वर्षा रोकिएपनि रातिदेखि वर्षा भइरहेको छ । सोमवारको जत्तिको बढी वर्षा नभएपनि भारी वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद श्रेष्ठले बताए ।
उनका अनुसा मंगलवार दिउँसो केही कम भएपनि साँझ पुन पानी परेर बुधवारदेखि पानी पर्न केही कम हुनेछ । यस क्षेत्रका पहाडी जिल्लामा पनि तराइमा जस्तै पानी पर्ने छ । लगातारको वर्षाले अवरुद्ध भएको भैरहवा स्थित गौतम बुद्ध बिमानस्थल सोमवार साँझबाट खुलेको छ ।
सोमवार बिहानैदेखि जहाज अवतरणका लागि आवश्यक भिजिबिलिटी नभएर उडान हुन नसकेकोमा साँझ पख वर्षा कम भएपछी भिजिबिलिटी बढेको बिमानस्थलका बरिष्ठ अधिकृत प्रदीप अर्यालले जानकारी दिए । उडानका लागि आवश्यक भिजिविलिटी भएपछी बुद्ध र यति एयर लायन्सका एक एक वटा उडान साँझ नै उडेका थिए ।
प्रकाशित समय ०८:०४ बजे