गृहपृष्ठ माधव नेपालले केपी ओलीलाई भेटेरै भने, ‘बी अलर्ट’

माधव नेपालले केपी ओलीलाई भेटेरै भने, ‘बी अलर्ट’

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले धेरै नहौसिन प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका छन् । सरकार र नयाँ व्यवस्थालाई असफल बनाउने शक्तिले अझै पनि चलखेल गरिरहेकोतर्फ सचेत गराउँदै नेता नेपालले ओलीलाई यस्तो सुझाव दिएका हुन् ।

न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा नेता नेपालले आफूले प्रधानमन्त्री ओलीलाई भेटेरै ‘बी अलर्ट’ भनेको बताए । ‘हामी आर्थिक विकासको ठूलो अभियानमा छौँ,’ नेता नेपालले भने, ‘यो अभियान असफल पारेर मुलुकलाई पुरानै बेथितिमा फर्काउनेहरु सक्रिय रहेकाले तपाईं बढी सजग हुनुपर्छ भनेर मैले प्रधानमन्त्रीजीलाई भेटेरै सुझाव दिएको छु ।’

वर्तमान सरकारसँग राजनीतिक मुद्दा कम र आर्थिक मुद्दा बढी भएको उनले बताए । ‘जनताले विकास चाहेका छन् र सरकारले जनताको उक्त चाहानालाई पूरा गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसैले सरकारसँग आर्थिक एजेण्डा बढी हुनुपर्छ र छ ।’

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु