गृहपृष्ठ दार्चुलाको खलंगामा नेपाल–भारतका सीमा सुरक्षा बैठक
दार्चुलाको खलंगामा नेपाल–भारतका सीमा सुरक्षा बैठक

नेपाल र भारतका सीमा अधिकारीबीच बिहीबार दार्चुला सदरमुकाम खलंगामा सीमा सुरक्षा बैठक सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सुुरु भएको बैठकमा बैतडी र भारतको पिथौरागढ जिल्लाका अधिकारी सहभागी छन् ।
दार्चुलाका तर्फबाट बैठकको नेतृत्व प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले गरेका छन् । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशी र भारत पिथौरागढका जिल्ला अधिकारी सि. रविशंकरको सहभागिता छ । बैठकमा नेपालका तर्फबाट १३ तथा भारतका तर्फबाट ११ वटा एजेन्डा राखिएका छन् ।
नेपालका तर्फबाट अघिल्लो बैठकको समीक्षा, सीमा सुरक्षाको अवस्था, सीमामा हुने अपराध, बंगाबगड खोतिला पहिरो, मानव बेचबिखन, अवैध सामान ओसारपासार जोडीबुटी ओसारपसार, लागुपदार्थ ओसारपसार नियन्त्रणलगायतलाई प्राथमिकता दिइएको छ । बैठकमा विपदमा खोज उद्धार तथा राहत, धौलीगंगा बाँध खोल्ने समय, प्रस्तावित झोलुंगे पुलहरुबारे छलफल, दुईपक्षीय समन्वय, सूचना आदानप्रदान नियमित गर्ने तथा अन्य विविध विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित समय १८:०४ बजे