गृहपृष्ठ फुजेलका स्थानीय भन्छन्, ‘छविलाल निर्दोष छ’

फुजेलका स्थानीय भन्छन्, ‘छविलाल निर्दोष छ’

gorkha-newskarobar

कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेल निर्दोष भएको गोरखाका फुजेलबासीले बताएका छन् । बिहिबार काठमाडौंमा पत्रकारहरुसँग उनीहरुले यस्तो बताएका हुन् ।

‘तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसाद अधिकारी हत्याको जिम्मा लिएको कुरा हामीले सञ्चारमाध्यमबाट थाहा पाएका हौं,’ गोरखा फुजेलका परशुराम पौडेलले भने, ‘तर अहिले छविलाल लगाएत ११ जनालाई अभियोग लगाइएको छ ।’

घटनाको १८ महिनापछि गंगामाया अधिकारीको छोरा नुरप्रसाद अधिकारीले ११ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला, पुनरावेदन हुँदै सर्वोच्चमा आईपुग्दा छविलाल दोषी देखिएका छन् ।

उनीहरुका अनुसार कृष्णप्रसादको हत्या भएको केही समयपछि माइलो दाजुको रुखबाट लडेर मृत्यु भयो त्यसपछि माहिली बुहारी र टुहुरी तीन छोरीहरुलाई अंश नदिई चर्को आर्थिक अवाभमा परे पछि गाँउका स्थानीयले अंश दिलाउन पहल गरेका थिए । त्यही अंश दिनु परेको झोकमा गाउका भद्र भलादमी सबैको नाममा नुरप्रसादले हत्याको अभियोगमा किटानी जाहेरी दिएको उनीहरुको दावी छ ।

छोरा मरेको शोकमा पनि गाँउमै ४ बर्ष सम्म बसेर मेलापात गरेको बाबु आमालाई उक्साएर जेठो छोरा नुरप्रसादले केही मानव अधिकारवादीको सहयोगमा अनसन बस्न लगाई गाउँलेसँग बिजुली लाईन बिस्तारको बदला लिन खोजेकोसमेत आरोप लगाएका छन् । ‘म कृष्ण प्रसादको ‘क्लासमेट’ हुँ,’ स्थानीय मोहन श्रेष्ठले भने, ‘हामीलाई छविलाल पौडेल सरले नै पढाउनु भएको हो ।’

‘फुजेलको ज्ञानको तार छविलाल सरमाथि नुरप्रसादले जुन किसीमको व्यवहार देखाएको छ त्यो बिल्कुलै बेठिक छ,’ श्रेष्ठले भने, ‘आज उ बा, आमालाई अनसनमा राखेर आफु काठमाण्डौंमा ५ तारे होटलमा खाना खाएर हिड्ने गरेको छ ।’

छविलाल पौडेललाई हाल र्पुपक्षको लागी डिल्लीबजार कारागारमा राखिएको छ ।

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु