गृहपृष्ठ तीसहजार घुससहित लेखापाल साह नियन्त्रणमा
तीसहजार घुससहित लेखापाल साह नियन्त्रणमा
बारा जिल्लास्थित फेटा गाउँपालिकाको कार्यालयका लेखापाल सौरभकुमार शाहलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ । एचआइभीसम्बन्धी जनचेतनामूलक कार्यक्रमका लागि खर्च भएको रकम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिगएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
३० हजार घुसवापतको रकम लिएको अवस्थामा उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालद्वारा बिहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।
(रासस)
प्रकाशित समय २०:४९ बजे

















