गृहपृष्ठ कारवाहीको माग गर्दै महिलाहरुद्वारा प्रहरी कार्यालय घेराउ
कारवाहीको माग गर्दै महिलाहरुद्वारा प्रहरी कार्यालय घेराउ

महिलाहरुले रुपन्देहीको सालझण्डीस्थित इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । रुपन्देहीस्थित कञ्चन गाउँपालिका–५ पिपरीचाँपकी समिक्षा ठकुरीको मट्टीतेल छर्केर जलाएको घटनाको दोषिलाई सर्वजनिक गर्न माग गर्दै महिलाहरुले प्रहरी घेराउ गरेका हुन् ।
बिहिबार सयौंको संख्यामा आएका महिलाहरुले इलाका प्रहरी कार्यालय घेराउ गर्दै दोषिलाई छिटोभन्दा छिटो पक्राउ कारवाही गर्न माग गरेका छन् । रुद्रपुर क्षेत्रमा रहेका आमा समूह, समुदायिक वन उपभोक्ता समितिका महिलाहरु लगायत विभिन्न संघ संस्थाका महिलाहरुले दबाब दिन इप्रका मा प्रर्दशन समेत गरेका थिए ।

स्थानिय महिला नेतृ समेत रहेकी गौरा थापाले सत्य तथ्य छानविन गरी तुरन्त कारवाही गर्न माग गरिन् । उनले भनिन्, ‘दोषी जो भए पनि कारबाही होस्, हामी सबैको माग यहि हो ।’
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आइतबार बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला, फुपू मधु ठकुरी थापा र अमृता ठकुरीविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल फुपु र हजुरआमालाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय २२:३१ बजे