गृहपृष्ठ धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई

धनुषामा सडक दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाई

dhanusha-newskarobar

धनुषामा दिनानुदिन सडक दुर्घटना बढ्दै गएपछि सवारी चेकजाँचमा कडाई गरिएको छ । धनुषाको ट्राफिक प्रमुखमा प्रहरी निरिक्षक दिपक कुमार साह आएदेखि सवारी चेकजाँचमा कडाई गर्न थालिएको हो ।

बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि सवारी चेक जाँचको साथै सवारी चालकको अनुमतिपत्र, सवारीको अवस्था, ट्राफिक नियमबारे प्रहरी निरिक्षक साहले विशेष ध्यान दिने गरेका छन् । ट्राफिक प्रहरी कार्यालय धनुषाको रेकर्ड अनुसार आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाभरि १ सय ६ वटा सडक दुर्घटना भएका थिए । जसमा ५६ जनाले ज्यान गुमाएका छन् । उक्त दुर्घटनाका क्रममा ६० जना गम्भीर घाइते र १ सय ८ जना समान्य घाइते भई अंगभंग भएको पाइएको छ ।

त्यसैगरी २०७३/०७४ मा ८५ सडक दुर्घटना भएको थियो । जसमा ६५ जनाको ज्यान गएको थियो भने ३४ जान गम्भीर घाइते र २१ जना समान्य घाइते भएका थिए । २०७४/०७५ भएको सडक दुुर्घटनामा सबभन्दा बढी ३८ वटा जिप÷कार, २५ वटा ट्रक ट्यांकर, २० वटा मोटरसाइकल, १९ वटा बस, १४ ट्याक्टर , ४ वटा टिपर र शारिरिक शक्तिबाट चल्ने १६ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषामा दिनप्रति दिन सडक दुर्घटना बढ्न थालेपछि बिहिबार जनकपुर उपमहानगरपालिका भित्र ७ स्थानमा सवारी चेकजाँच गरि ७० भन्दा बढी सवारी साधानलाई कारवाही गरिएको छ । चेकजाँचको क्रममा सवारी साधानको नम्बर स्पष्ट नदेखिइको, नम्बर प्लेटमा अन टेष्ट लेखि चलाईएको, कागजपत्र नभएको पाइएको छ । मोटरसाइकल, कार, जिप, अटो, इ–रिक्सा, टिपर, ट्याक्टर गरी ७० सवारी साधनहरुलाई नम्बर समेत लेखाई आवश्यक कारबाही गरिएको छ ।

प्रकाशित समय २२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु