गृहपृष्ठ लागू औषधसहित दुर्इ जना युवा पक्राउ
लागू औषधसहित दुर्इ जना युवा पक्राउ

काठमाडौं महानगरपालीका १६ पकनाजोलबाट प्रहरीले लागू औषधसहित २ युवालाई पक्राउ गरिएको छ ।
प्रहरीले बा. ३१ प ९०२५ नम्बरको मोटरसाईकल चेकजाँज गर्ने क्रममा उनीहरुको साथबाट डाइजेल्याप ४ सय एम्पुल, नोर्फिन ४ सय एम्पुल र फेनारगन ४ सय एम्पुल भेटेपछी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने युवाहरुमा मकवानपुर कालिकपुर बस्ने २३ वर्षीय मोटरसाइकल चालक मनोज तामाङ र झापाको ढुवडी ८ चारआली घर भएका २० वर्षीय राजेश भुजेललाई प्रहरीले प्रक्राउ गरेको हो ।
उभियुक्त द्वयलाई आगू औषध कारोबार ऐन अन्र्तगत मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक गौतम केसीले न्यजकारोबारलाई जानकारी दिए ।
प्रकाशित समय १४:५३ बजे