गृहपृष्ठ आइतबारबाट सवारी लाइसेन्सको आवेदन खुल्दै
आइतबारबाट सवारी लाइसेन्सको आवेदन खुल्दै

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन आइतबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । अाइतबारदेखि प्रदेश २ बाहेकका सबै प्रदेशका यातायात कार्यालयले लाइसेन्सका लागि अावेदन लिनेछन् ।
प्रदेश २ मा भने तत्काल आवेदन नखुल्ने भएको छ । विभागका अनुसार प्रदेश २ को सरकारले आफूले अनुमति दिएपछि मात्र लाइसेन्सको वितरण खोल्न पत्राचार गरेकाले तत्काल २ नम्बर प्रदेशमा लाइसेन्सको आवेदन नखोल्ने निर्णयमा विभाग पुगेको हो ।
काठमाडौं उपत्यकामा ४ सहित प्रत्येक अञ्चलमा एउटा लाइसेन्स वितरण गर्ने कार्यालयहरु छन् । हिसाब मिलानका लागि भन्दै विभागले डेढ महिनादेखि लाइसेन्सको आवेदन लिन बन्द गरेको थियो ।
प्रकाशित समय १४:२१ बजे