गृहपृष्ठ पाल्पामा स्कुल बस दुर्घटना, १२ विद्यार्थी घाइते

पाल्पामा स्कुल बस दुर्घटना, १२ विद्यार्थी घाइते

accident_newskarobar

 

पाल्पाको तानसेनमा स्कुल बस दुर्घटना भएको छ । रिभर भ्याली बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका-१, पिपलेमा दुर्घटना भएको हो । दुर्घटनामा १२ जना विद्यार्थी घाइते भएका छन् । बसमा २७ जना विद्यार्थी थिए । तीन जनाको हात भाँचिएको छ भने एकजनाको टाउकोमा चोट लागेको छ ।

घाइतेहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास लगिएको छ । उद्धारकर्ता नेकपा पाल्पाका नेता कमल पाण्डेयका अनुसार सबै विद्यार्थी खतरामुक्त छन् ।

प्रकाशित समय १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु