गृहपृष्ठ झापाको गौरादह नगरपालिकाको वडा कार्यालयनजिकै बम विस्फोट
झापाको गौरादह नगरपालिकाको वडा कार्यालयनजिकै बम विस्फोट
झापाको गौरादह नगरपालिका–७ वडा कार्यालयनजिक बम विस्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवननजिकै बम विस्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए ।
विस्फोटबाट कार्यालयका झ्यालका सिसा फुटेका छन् भने पर्खालमा सामान्य क्षति पुगेको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा छ ।
दमकबाट सोमबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा प्रहरीले ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
(रासस)
प्रकाशित समय १०:२१ बजे

















