गृहपृष्ठ काठमाडौंको विभिन्न क्षेत्र डुबानमा,बाढीले जोरपाटी नारायणटारको पुल बगायाे

काठमाडौंको विभिन्न क्षेत्र डुबानमा,बाढीले जोरपाटी नारायणटारको पुल बगायाे

लगातारको बर्षाले बागमती नदीमा पानीको सहत बढेपछि जोरपाटी नारायणटारको पुल भत्किएकाे छ  । अस्थायी रुपमा बनाइएको पुल गएरातिको बाढीले भत्काएको हो । पुल भत्किएसँगै नारायणटारबाट अर्यालगाउँ आवात जावतमा समस्या भएको छ ।

यसअघि पनि सो पुल भत्किएको थियो । अस्थायी पुल नजिकै पक्कि पुल निर्माण थालिएपनि सम्पन्न भएको छैन । निर्माणमा ढिलाई हुँदा अर्यालगाउँका स्थानीय समस्यामा परेका छन् ।

त्यस्तै विष्णुमती, धोविखोला, रुद्रमती नदीमा पनि पानीको सहत बढेको छ । नदी आसपासका बस्ती डुबानमा परेको छ । काठमाडौको बानेश्वर, कालोपुल, अनामनगर, लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको  छ ।

प्रकाशित समय ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु