गृहपृष्ठ विवाह गरेको ६ महिनामा बच्चा जन्मिए पनि स्विकार्नु पर्ने

विवाह गरेको ६ महिनामा बच्चा जन्मिए पनि स्विकार्नु पर्ने

सामान्यतया विवाह गरेको महिला परुषले शारीरिक सम्पर्क गरेको ९ महिनापछि बच्चा जन्मने प्राकृतिक नियम छ । महिलाको स्वास्थ अवस्था हेरेर केही दिन तलमाथी पनि हुन सक्छ ।

तर शुक्रबारबाट लागु हुन लागेको मुलुकी संहिताले भने ६ महिनामै वच्चा जन्मिएपनि स्विकार्नुपर्ने कानुन बनाएको छ । चिकित्सा विज्ञानले आमा स्वस्थ र बच्चाको शारीरिक बृद्धि छिटो भएमा ७ महिना पूरा भएपछि पनि शिशु जन्मन सक्ने बताएको छ ।

त्यस्ता घटना विरलै मात्र हुने गरेका पाइन्छ । तर मुलुकी संहिताले भने महिला पुरुषबीच विवाह भएको मितिले १ सय ८० दिनपछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मान्यता दिएको छ । नेपाली समाजमा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारण छिटो बच्चा जन्मेमा स्वीकार नगर्ने चलन बढेपछि कानुनमा यस्तो व्यवस्था गरिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी भन्छन्, ‘विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारण छिटो बच्चा जन्मेमा स्वीकार नगर्ने चलन अन्त्य गर्न यस्तो व्यवस्था गरिएको हो ।’

‘विवाह गरेको नौं महिना नपुगि बच्चा जन्मियो भने यो मेरो बच्चा होइन भनेर स्वीकार नगर्ने घटना भए, यस्तो अवस्थामा महिलालाई न्याय दिलाउने कुनै कानुन नभएकोले अहिले विवाह भएको १ सय ८० दिनपछि जन्मेको शिशु सिवकार्नै पर्ने कानुन बनाईएको हो,’ अधिवक्ता त्रिपाठीले भने ।

सम्बन्ध विच्छेद भए पनि उसको गर्भबाट ६ देखि ९ महिनासम्ममा बच्चा जन्मने सम्भावना हुने तर पतिले स्वीकार नगरेको देखिएकाले यस्तो व्यवस्था गरिएको तत्कालिन विदायन समितिका सदस्यहरु बताउछन् ।

पतिको मृत्यु भएका वा वैवाहिक सम्बन्ध अन्त्य भएमा सो मितिबाट २ सय ७५ दिनभित्र अर्थात ९ महिनासम्म जन्मेको बच्चा पनि पूर्व पतिकै हुने संहितामा उल्लेख छ ।

प्रकाशित समय ०७:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु