गृहपृष्ठ देशभरको मौसममा बदली, नदीमा पानीको सतह घट्ने क्रममा

देशभरको मौसममा बदली, नदीमा पानीको सतह घट्ने क्रममा

देशभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानै देखि काठमाडौं उपत्यका सहित देशभरको मौसममा बदली भएको हो ।

दिउँसो केहि क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । आज बेलुका देशका धेरै स्थानहरुमा सामान्य देखि पूर्ण बदली रहि पूर्वी र पश्चिमि भेगका केहि स्थानमा र मध्य भेगका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका ठुला नदीमा उच्च भएको पानीको सहत घट्दै गएको छ । बाढी पुर्वानुमान शाखाका अनुसार सप्तकोशी र यसका शाखा नदीहरू, कर्णालीमा र नारायणीमा आज बेलुकासम्म जलसतह सतर्कता तह आसपास रहने छ । कन्काई, कमला, राप्ती, बबई लगायतमा अन्य नदीहरूमा जलसतह सामान्य घट्ने शाखाले जनाएको छ ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु