गृहपृष्ठ २७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा, (सूचीसहित)
२७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा, (सूचीसहित)
काठमाडौं प्रमुखमा लामा, पोखरेललाई पुर्याइयो दिल्ली

गृह मन्त्रालयले २७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा पठाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूचीमा राजधानी काठमाडौं सहित विभिन्न स्थानका एसएसपीहरुको सरुवा गरिएको हो ।
महानगरिय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी वसन्त लामालाई जिम्मेवारी दिइएको छ । गत माघ २८ गते देखि राजधानीको सुरक्षा सम्हाल्दै आएका एसएसपी विश्वराज पोखरेललाई हटाएर गृहमन्त्रालयले एसएसपी लामालाई जिम्मेवारी दिइएको हो ।
६ महिना अघि तात्कालिन डिआइजी नवराज सिलवाल पक्राउको मुद्दा उत्कर्समा पुगेका बेला प्रहरी प्रधान कार्यालयले परिसरका एसएसपी रवीन्द्र धानुकलाई संघीय प्रहरी कार्यालय बाग्लुङमा सरुवा गरि पोखरेललाई ल्याइएको थियो ।
अहिले धानुकलाई बाग्लुङबाट तानेर ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । ललितपुर प्रहरीका प्रमुख गणेशबहादुर ऐरको सरुवा गरि धानुकलाई पठाइएको हो ।
काठमाडौंका नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए । उनी यस अघि प्रहरी प्रधान कार्यलय जगेडापुलमा थिए । अहिलेका एसएसपी पोख्रेललाई भने नेपाली राजदुतावास नयाँ दिल्लीको कन्सुलरमा सरुवा गरिएको छ ।
एसएसपी अरुण कुमार बिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । त्यहाँ डिआइजी रविन्द्र शर्माले अवकाश पाएसँगै पद रिक्त थियो ।
कुन कुन एसएसपीकाे सरुवा कहाँ भयो ? यो हेर्नुहोस ।
प्रकाशित समय ०८:३५ बजे