गृहपृष्ठ बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो, बाह्रबिसे बजार बन्याे बगर
बाह्रबिसे–तातोपानी जोड्ने पुल बाढीले बगायो, बाह्रबिसे बजार बन्याे बगर
सिन्धुपाल्चोकको साँधीखोल्चामा आएको बाढीले बाह्रबिसे–तातोपानी जोड्ने पुल बगाएको छ । गएराति आएको बाढीले पुल बगाएको हो ।
पुल बगाएपछि बाह्रबिसे देखि तातोपानी सीमा सितको सम्पर्क टुटेको छ । पुलको स्लापसँगै लेदो सबै साँधीखोल्साले बगाएर भोटेकोशी छेउमा थुपारेको छ । जसका कारण कोशी थुनिने सम्भावना रहेको भन्दै स्थानीय त्रसित भएका छन् ।
साँधीखोल्सा नजिकै रहेका ६ घरमा क्षति पुगेको छ भने ४ घर उच्च जोखिममा छन् । बजारका अधिकांश पसलमा भित्र पानी पसेको छ ।
घर भित्र लेदो र भल पसेको स्थानीय राजेन्द्र श्रेष्ठलजे बताएर बजार क्षेत्र नदी बनेपछि हाहाकार मच्चिएको उनले बताए । सडकमा गिर्खा, बालुवा र हिलोले क्षतिग्रस्त बनाएपछि एक्जाभेटरबाट पन्छाउने प्रयास भइरहेको छ ।
प्रकाशित समय १०:३५ बजे

















