गृहपृष्ठ तरकारी व्यापारीले अनुगमन टोलीलाई नियन्त्रणमा लिए, मन्त्री सहितको टोली कालीमाटीमा

तरकारी व्यापारीले अनुगमन टोलीलाई नियन्त्रणमा लिए, मन्त्री सहितको टोली कालीमाटीमा

कालीमाटी तरकारी बजारको अनुगमनमा गएका सरकारी टोलीलाई व्यवसायीले अवरोध गरेपछि घटनाबारे जानकारी लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव कालीमाटी तरकारी बजार पुगेका छन् ।

सोमबार बिहान अनुगमनका लागि गएको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको टोलीलाई व्यापारीले नियन्त्रणमा लिएका थिए । तरकारीको मूल्य बढेको भन्दै उपभोक्ताको गुनासो आएपछि टोली बिहान ३ बजे अनुगमनका लागि कालीमाटी पुगेको थियो ।

अनुगमन टोली र व्यापारीबीच बिवाद भएपछि थप जानकारी लिन मन्त्री यादव र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य कालीमाटी तरकारी बजार पुगेका हुन् ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु