गृहपृष्ठ विराटनगरले पूरा गर्दै प्रधानमन्त्री ओलीको सपना
विराटनगरले पूरा गर्दै प्रधानमन्त्री ओलीको सपना
घर–घरमा पुर्याइयाे ग्यासको पाइपलाइन
साढे २ वर्षअघि भारतीय नाकाबन्दी झेलिरहेका आम नागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘अब सिलिन्डर युग सकियो, घर–घरमा ग्यासको पाइप पुग्छ, प्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’ तत्कालिन समयमा पहिलोपटक प्रधानमन्त्री भएका ओलीको सो भाषणलाई लिएर धेरैले ‘हावादारी सपना’ बाँडेको भन्दै चर्को आलोचना गरे ।
नेपालमा घर–घरमा ग्यास पाइप पु¥याउन त के ग्यास उत्पादन समेत हुन नसक्ने भन्दै ओलीको सो भनाइको खण्डन गरियो । धेरैले व्याङग्य गरे । विपक्षीहरुले चुनावमा ‘हावा कुरा गर्ने हावादारी ओली भन्दै’ प्रचार गरे ।
तर प्रधानमन्त्री ओलीले ग्यास सिलिण्डर बोकेर हिड्नु नपर्ने भाषण दिएको साढे २ बर्षपछि विराटनगरको जतुवा इलाकामा सिलिन्डर युग सकिएको छ । ओलीले भने जस्तै जतुवाका स्थानीयले घरमै चुल्हामा जोडिएको ‘पाईप प्याट्ट खोल्दै, चुल्हो बाल्न पाएका छन् । सो पाइपलाइनको प्रधानमन्त्री ओलीले मंगलबार उद्घघाटन गर्ने कार्यक्रम छ । ग्यासको पाइप लाइन उद्घाटन गर्न प्रधानमन्त्री ओली मंलबार त्यसतर्फ जाने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुु¥याएको छ । कितपय स्थानमा धमाधम पाइप बिछ्याउने काम भइरहेको छ । श्रीकृष्ण गौशालामा गाइको गोवर संकलन गरि उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याइएको हो ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी ४० भन्दा बढी उपभोक्ताको घर घरमा ग्यास पुर्याइएको छ । अझै १ सय बढी घरमा ग्यास पुर्याउने योजना अनुरुप काम भइरहेको छ ।
प्रधानमन्त्री ओलीका अरु कार्यसूची
ग्यासको पाइपलाइन उद्धघाटनपछि प्रधानमन्त्री ओलीले १ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलालाई वीरेन्द्र सभागृहमा सम्बोधन गर्नेछन् । सम्बोधनपछि होटल ह्यारिसनमा उनले विभिन्न संस्था, पार्टीका नेता कार्यकर्ता र नागरिकहरुसँग केही समय भेटवार्ता गर्नेछन् ।
विराटनगरका औपचारिक र अनौपचारिक कार्यक्रम सकेपछि साँझ पाँच बजे प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली मंगलबार नेपाली सेनाको पूर्व पृतना मुख्यालय इटहरीमा बास बस्नेछन् ।
बुधबार प्रधानमन्त्री ओली गृहजिल्ला झापाका बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यतालिका छ । बुधबार बिहान पाँडाजुगीस्थित सशत्र प्रहरी बलको पाथीभरा गौणमा दिउँसोको खाना खाने र लखनपुरमा आर्युर्वेदिक औषधालयको शिलन्यास गर्ने कार्यक्रम छ ।
ओलीले त्यसपछि गौरादह नगरपालिकामा आयोजना गरिने पाँच नम्बरको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । त्यसपछि अगुवा कार्यकर्ताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम गर्नेछन् । गौरादह सामुदायिक भवनमा दिउँसो १ बजे कार्यक्रम सकेर सोही दिन काठमाडौं फर्कनेछन् ।
प्रकाशित समय ०९:०४ बजे

















