गृहपृष्ठ महासमिति बैठकबारे छलफलमै कांग्रेस
महासमिति बैठकबारे छलफलमै कांग्रेस
आगामी शुक्रबारका लागि केन्द्रीय समिति बैठक डाकियाे
नेपाली कांग्रेसले आगामी शुक्रबारदेखि महासमिति बैठकबारे छलफल थाल्ने भएको छ । गत वैशाखमा केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार भदौभित्र महासमितिको बैठक बस्नुपर्ने हो । तर, त्यसबारे छलफलका लागि सभापति शेरबहादुर देउवाले बल्ल केन्द्रीय समिति बैठक डाकेका छन् ।
देउवाले केन्द्रीय समिति बैठक आगामी आठ गते शुक्रबार विहान ११ बजेका लागि डाकेका हुन्। सभापति देउवाको निर्देशनमा मुख्यसचिव कृष्णप्रंसाद पौंडेलले बैठक आह्वान गरेका हुन् ।
मुख्यसचिव पौंडेलले आह्वान गरेको सूचनामा केन्द्रीय समिति बैठकका एजेण्डा भने प्रस्तुत गरिएको छैन । तर, प्रवक्ता विश्वप्रकाश शर्माले भने ट्वीटरमार्फत केन्द्रीय समितिका एजेण्डा सार्वजनिक गरेका छन् ।
‘भदौ ८ गते विहान ११ बजेनेपाली कांग्रेस केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय सानेपानमा बस्नेछ,’ प्रवक्ता शर्माले भनेका छन्, ‘समसामयिक राजनीति, महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऐनको स्वामित्व र विमतिको पाटो एवं कर आतंक छलफलका विषय रहनेछन् ।’
प्रवक्ता शर्माले अघि सारेको महासमिति बैठकको तयारी गत चैतमा सुरु भएर बैसाखमा सकिएको केन्द्रीय समिति बैठकले नै तय गरेको थियो । त्यही तयारीमा ‘भदौ भित्र महासमिति बैठक बोलाउने’ निर्णय त्यसबेला नै केन्द्रीय समिति बैठकले गरेको थियो ।
तर, चार महिना पूरा भएर पाँचौं महिना सुरु हुँदा समेत कन्द्रीय समिति बैठकको एजेण्डा भने महासमितिको तयारी नै बनिरहेको छ । नेपाली कांग्रेसमा ४२ विभाग छ समिति महाधिवेशन भएको दुई महिनाभित्र बनाउने वैधानिक प्रवधान भएपनि महाधिवेशने भएको दुई वर्ष पाँच महिना पूरा हुँदा समेत बनेका छैनन् ।
त्यसलाई पनि आगामी बैठकको एजेण्डा बनाइएको छ । त्यस्तै महासमिति बैठकमार्फत विधान संशोधन गर्ने भनेर थाति रहेको संविधान र संघीयसंचना अनुसार पार्टीलाई लैजाने कुरा समेत अड्किएको छ ।
प्रकाशित समय ०९:२४ बजे
















