गृहपृष्ठ महेन्द्रनगर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

महेन्द्रनगर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीदले अश्रुग्यास प्रहार गरेको छ । नर्मलालाई हत्या गर्नेलाई जोगाएर निर्दोषलाई पक्राउ गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

बिहानैदेखि महेन्द्रनगर बजार बन्द गराएर स्थानीयले प्रदर्शन गरिरहेका छन् । यसअघि मंगलबार पनि प्रहरीले भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । दुई दिन यता महेन्द्रनगर तनावग्रस्त भएको छ ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु