गृहपृष्ठ गोदावरी जंगलमा किशोरी बलात्कृत
गोदावरी जंगलमा किशोरी बलात्कृत
सांकेतिक तस्बिर
बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने मागले मुलुक तातिरहदा उपत्यकामा एक किशोरी बलात्कृत भएकी छिन् । सडकदेखि सदनसम्म बलतकारीलाई फासी दिनुपर्ने माग उठिरहदा फेरि अर्काे बलात्कारको घटना थपिएको हो ।
ललितपुरको पर्यटकीय क्षेत्र गोदावरी जंगलमा १३ बर्षिय किशोरी बलात्कृत भएको ललितपुर प्रहरीले जनाएको छ । गोरखा घर भई हाल बालाजुमा काम गर्न बसेकी ति किशोरी गोदावरी घुम्न गएकी थिईन् । फर्कन लाग्दा घर पुर्याइदिन्छु भन्दै एक अपरिचित व्यक्तिले जंगलमा लगेर बलत्कार गरेको प्रहरीको भनाई छ ।
किशोरीको उद्धारपछि अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा ती किशोरी चिच्याएकाे सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बलात्कार गर्ने ब्यक्तिको खोजीका लागि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रकाशित समय १६:२७ बजे

















