गृहपृष्ठ पूर्वमा साउन मसान्तसम्म ९४ प्रतिशत रोपाइँ

पूर्वमा साउन मसान्तसम्म ९४ प्रतिशत रोपाइँ

dhan-ropai3-newskarobar.com

पूर्वमा साउन मसान्तसम्म धानखेती हुने क्षेत्रफलमध्ये ९४ प्रतिशत रोपाइँ भएको छ । धान खेतीका लागि उर्बर मानिने तराईलगायत पूर्वमा कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टरमा धानखेती हुँदै आएकोमा साउन मसान्तसम्म ४ लाख ३३ हजार ३ सय ६६ हेक्टरमा धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

पूर्वमा हालसम्म सबैभन्दा बढी हिमाली जिल्ला सोलुखुम्बुमा र तराईको सिरहामा धान रोपाइँ भएको छ । सोलुखुम्बुमा १ हजार ५ सय २५ हेक्टरमा धानखेती हँुदै आएकोमा हालसम्म सबै क्षेत्रमा धान रोपाइँ भएको छ भने सप्तरीमा ६० हजार ७ सय ५७ हेक्टर क्षेत्रफलमा नै धानखेती भएको कार्यालयको तथ्यांकमा छ ।

सबैभन्दा कम सप्तरीमा ७५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वमा हालसम्म औसत ९४ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका वरिष्ठ अधिकृत राजेन्द्र उप्रेतीले जानकारी दिए ।

अहिलेसम्म झापामा ८७ हजार ५ सय हेक्टरमा धानखेती हुनेमध्ये ९९ प्रतिशत र मोरङमा ७८ हजार हेक्टरमध्ये ९६ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै सुनसरीमा ५५ हजार हेक्टरमध्ये ९८ प्रतिशत धान रोपाइँ भइसकेको छ । इलाममा ८७, पाँचथरमा ९५, भोजपुरमा ८५, तेह्रथुममा ८१, धनकुटामा ९७, उदयपुरमा ९३, ओखलढुंगामा ८० र खोटाङमा ९५ प्रतिशत धान रोपाइँ भएको कार्यालयले जनाएको छ ।

प्रकाशित समय १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु