गृहपृष्ठ निर्मला हत्या प्रकरण : थप छानबिनका लागि एसएसपी चन्दलाई खटाइयो

निर्मला हत्या प्रकरण : थप छानबिनका लागि एसएसपी चन्दलाई खटाइयो

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै आन्दोलन चर्किएपछि थप छानबिनका लागि एसएसपी विक्रमबहादुर चन्दलाई खटाइएको छ । प्रदेश कार्यलय दिपायलाबट एसएसपी चन्दलाई कञ्चनपुर पठाइएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरमा शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई खटाइएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको अवस्थामा एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने प्रदेश प्रहरीले जनाएको छ ।

निर्मलाको वास्तविक हत्यारालाई जोगाउन खोजिएको भन्दै स्थानीयले आन्दोलन जारी राखेका छन् । केहिदिन यता महेन्द्रनगर बजार तनावग्रस्त भएको छ । मंलबार र बुधबार पहरी र प्रदर्शनकारीबीच पटक पटक झडप समेत भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले सयौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

गत सोमबार प्रहरीले बलात्कारपछि निर्मलाको हत्या गरेको आरोपमा ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरिसार्वजनिक गरेको थियो । तर प्रहरीले मानसिक सन्तुलन ठिक नभएको व्यक्तिलाई पक्राउ गरेर घटना ढाकछोप गर्न लागेको स्थानीयको भनाइ छ ।

वास्तविक हत्यारालाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने स्थानीयले चेतावनी दिएका छन् । गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

प्रकाशित समय ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु