गृहपृष्ठ एकल पुरुषलाई पनि भत्ता !
एकल पुरुषलाई पनि भत्ता !

बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने भएको छ । सरकारले एकल महिलालाई भत्ता दिइरहेको सन्दर्भमा नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । ६० बर्षदेखिका एकल पुरुषलाई भत्ता दिने निर्णय नगरकार्यपालिकाले गरेको हो ।
एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुने भएकाले उनीहरुलाई भत्ताको व्यवस्था गरिएको उपप्रमुख ओझाले बताइन । नगरपालिकाका ९ वटै वडामा एकल पुरुषको तथ्यांक संकलन भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए ।
मासिक १ हजारका दरले एकल पुरुषहरुलाई भत्ता दिइने र यसका लागि १५ लाख बजेट विनियोजन गरिएको उनले बताए ।
प्रकाशित समय ०९:३२ बजे