गृहपृष्ठ कांग्रेसलाई संघीयताको राप : विधान संशोधन गर्न ११ सदस्यीय समिति

कांग्रेसलाई संघीयताको राप : विधान संशोधन गर्न ११ सदस्यीय समिति

congress_newskarobar

नेपाली कांग्रेसले १३ औं महाधिवेशनको झण्डै साढे दुईवर्ष पछि संघीय स्वरुपमा जाने गृहकार्य थालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आएको पाँच महिनापछि १३ औं महाधिवेशन गरेको नेपाली कांग्रेसले ०७२ सालमा नै प्रत्येक प्रदेशबाट दुई–दुई जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो ।

२९ महिना बितिसकेपछि कांग्रेसले महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको हो । समितिलाई विधान संशोधनका लागि आवश्यक सुझाव लिन सबैक्षेत्र तथा विज्ञलाई बोलाएर काम गर्ने अख्तियारी दिइएको छ ।

महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको समितिमा केन्द्रीय सदस्यहरु डाक्टर मिनेन्द्र रिजाल, फर्मुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढंगाना, नविन्द्रराज जोसी सीता गुरुङ, प्रदिप पौडेल र रमेश लेखक सदस्य छन् ।

१३ औ महाधिवेशन अघि नै गठन भएको विधान मस्यौदा समितिले संघीय संचना अनुरुपको विधान बनाएर महाविधेशनबाट अनुमोदन गराउने प्रयत्न गरेपनि त्यतिबेला वर्तमान सभापति शेरबहादुरको टिमले नै पुरानै विधान अनुसार महाधिवेशन गराएर महासमिति बैठकबाट विपधान संशोधन गर्ने प्रस्ताव गरेको थियो ।

त्यही कारण रोकिएको संघीय संचना निर्माण अहिलेसम्म विभिन्न नाममा पछि धकेलिदै आएको छ । नेपाली कांग्रेसको विधानमा महाधिवेशन बाहेकका हरेक वर्ष महासमिति बैठक गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित समय ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु