गृहपृष्ठ भीमदत्तनगरमा लगाइएको कर्फ्यू जारी, सरकारले भन्यो ‘घुसपैठ’ भयो

भीमदत्तनगरमा लगाइएको कर्फ्यू जारी, सरकारले भन्यो ‘घुसपैठ’ भयो

आन्दोलन स्थगित गर्न आह्वान

kanchanpur-newskarobar फाइल तस्बिर

कञ्चनपुरको भीमदत्तनगरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू जारी छ । शुक्रबार प्रहरीले चलाएको गोली लागि १४ वर्षीय सनी खुनाको मृत्यु भएपछि प्रशासनले कर्फ्यू लगाएको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि प्रहरीले स्थिति नियन्णमा लिन सयौं सेल अश्रुग्यास समेत प्रहार गरेको थियो । झडमा प्रहरी र प्रदर्शनकारी घाइते समेत भएका छन् ।

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा मानसिक सन्तुलन ठिक नभएकोलाई पक्राउ गरेर वास्तविक हत्यारालाई जोगाउन खोजेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

आन्दोलन उग्र भएपछि शुक्रबार राति ८ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए । यसअघि बिहिबार पनि कर्फ्यू लगाइएको थियो ।

शुक्रबार दिउँसोसम्म सामान्य बन्दै गएको भीमदत्तनगर नेकपा नेता भीम रावालको अभिव्यक्तिपछि आन्दोलन चर्किएको हो । शनिबार बिहान महेन्द्रनगरको स्थिति सामान्य भएपनि सनी खुनाको मृत्यु भएपछि के गर्ने भन्ने विषयमा स्थानीय अधिकारकर्मी छलफलमा छन् ।
सरकारले घटनाको विषयमा उच्चस्तरीय छानबिन समिति समेत गठन गरेको छ । तर शुक्रबारको घटनापछि थप जटिल भएको छ । सरकारले भने स्थानीयको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेको छ ।

सरकारले आन्दोलन स्थगित गर्न कञ्चनपुरबासीलाई आहृवान गरेको छ । घटनाको दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै सरकारले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।

गत साउन १० गते घरबाट निस्किएकी निर्मला ११ गते मृत फेला परेकी थिइन् ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु