गृहपृष्ठ ड्रग्स सप्लाइ गर्न अमेरिकादेखि मेक्सिकाेसम्म सुरुङ !
ड्रग्स सप्लाइ गर्न अमेरिकादेखि मेक्सिकाेसम्म सुरुङ !
अमेरिकी अधिकारीहरुले एरिजोनामा ड्रग्सको तस्करीका लागि बनाइएको एउटा सुरुङ फेला पारेका छन् । करिब १८० मीटर लामो यो सुरुङ अमेरिकाको स्यान लुइ शहरस्थित पुरानो केएफसी रेस्टुरेन्टको एउटा बेसमेन्टमा छ, जुन मेक्सिकोको लुइस रिओ कोलोराडो शहरस्थित एउटा घरसम्म जान्छ । अधिकारीहरुका अनुसार पछिल्लो साता यो सुरुङ पत्ता लगाइएको र दक्षिणी एरिजोनास्थित उक्त बिल्डिङका मालिकलाई गिरफ्तार गरिएको छ ।
इवान लोपेज नामका आरोपित समातिएपछि अमेरिकी अधिकारीहरुलाई सचेत गराइएको थियो । खोजीमा परिचालन गरिएका कुकुरले प्रहरी अधिकारीहरुलाई लोपेजको त्यही गाडीतिर पुर्याएका थिए, जहाँ नशालु दबाइले भरिएका डिब्बा राखिएका थिए । उक्त दबाइको अनुमानित मूल्य सात अर्ब रुपैयाँभन्दा बढी छ ।
जाँचकर्ताहरुले ती डिब्बामा २१ किलो हेरोइन, ६ ग्राम कोकीन, तीन किलो फेन्टानिल र ११८ किलो मेथामफेटमिन रहेको बाएका छन् ।
प्रकाशित समय ०८:४७ बजे

















