गृहपृष्ठ घरघरमा विजयादशमी टीका (फोटो फिचरसहित)
घरघरमा विजयादशमी टीका (फोटो फिचरसहित)
तस्बिर : सामाजिक सञ्जाल
नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन आज दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गरी मनाइएको छ । सोमबार बिहान १० बजेर १९ मिनेटमा परेको शुभसाइतमा देशभर टीका ग्रहण गरिएको हो । कोरोनाभाइरस संक्रमणका कारण धेरैले जो जहाँ छ त्यहीँ रहेर टीका ग्रहण गरेका छन् । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभसाइत एवं समृद्धिको प्रतीक रुपमा पूर्णिमासम्म रातो टीका र जमरा लगाउन चलन छ । नेपालमा मात्र नभएर विश्वभर पुगेका नेपालीले शुभसाइतमा टीका लगाएर दसैँ मानेका छन् । देश तथा विदेशमा बस्ने नेपालीले टीका र जमरा लगाएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
प्रकाशित समय १३:३६ बजे























