गृहपृष्ठ काठमाडाैंमा इन्द्रजात्रा सुरु (फोटोफिचर)
काठमाडाैंमा इन्द्रजात्रा सुरु (फोटोफिचर)
काठमाडाैंमा अाज (शुक्रबार)देखि इन्द्रजात्रा सुरू भएको छ । वसन्तपुरको हनुमानढोकामा इन्द्रजात्राको प्रतीक ३६ हात लामो इन्द्रध्वज उठाएर इन्द्रजात्रा सुरू गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याएको लिंगो (इन्द्रध्वज) काठमाडाैंको हनुमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरू गर्ने चलन शाहवंशीय राजा प्रतापसिंह शाहले सुरु गरेको मानिन्छ ।
(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १०:४४ बजे