गृहपृष्ठ काठमाडौंमा पनि जितियाको रौनक (फोटो फिचरसहित)
काठमाडौंमा पनि जितियाको रौनक (फोटो फिचरसहित)
तराई मधेसमा मनाइने जितिया पर्व काठमाडौंमा पनि धुमधामका साथ मनाउन थालिएको छ । विवाहित हिन्दू नारीले पति तथा सन्तानको दीर्घायुको कामना गर्दै जितिया पर्व मनाउने चलन छ ।
जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाइन्छ । जितिया पर्वको पहिलो दिन काठमाडौंमा बस्ने मधेसी समुदायका व्रतालु महिलाले आज नुहाई धुवाई चोखो भएर भोज गरेका छन् ।
पर्वको दोस्रो दिन अर्थात अष्टमी तिथिका दिन व्रतालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्छन् । यो पर्वको अवसरमा ठाउँ-ठाउँमा जितिया मेलासमेत लाग्ने गरेको छ ।
पर्वको अन्तिम दिन अर्थात नवमी तिथिका दिन व्रतालु महिला नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाउँछन् र पवित्र चौकामा चिउरा, दही तथा सख्खरको प्रसाद बनाई अर्ध दिएर पर्वको समापन गर्ने गर्छन् ।
















(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १८:१८ बजे

















