गृहपृष्ठ यु–१९ एसिया कपमा नेपालको सान्त्वना जित
यु–१९ एसिया कपमा नेपालको सान्त्वना जित
एसीसी यु–१९ एसिया कप क्रिकेटमा सान्तवना जित हाँसिल गरेको छ । योसँगै नेपालले प्रतियोगिता यात्रा अन्त्य गरेको छ । युएईलाई ३ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिता सान्त्वना जित निकालेको हो । अघिल्ला २ खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आफ्नो अन्तिम खेलमा भने ३ विकेटले विजयी भएको हो ।
युएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ४९.३ ओभरमा ७ विकेट गुमाउँदा पूरा गर्यो । नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ९२ रन बनाए । सन्दीप जोराले पनि अर्धशतकीय पारी खेल्ने क्रममा ६७ रनको दोस्रो सर्वाधिक रन जोडे । कप्तान आसिफ शेखले ३५, रसिद खानले नटआउट २७ र रीत गौतमले १८ रनको योगदान दिए । सन्दीप आउट भएपछि हारको संघारमा पुगेको नेपालका लागि रोहित र आसिफले उत्कृष्ट प्रदर्शन गरेका थिए । रसिदले १४ बलमा ३ छक्का प्रहार गर्दै जित दिलाए । युएईका आरोन बेन्जामिन र आर्यन लाक्राले २–२ तथा फहद नवाज र पालानिएपेन मेइयाप्पेनले एक–एक विकेट लिए ।
यसअघि बंगलादेशको क्रिरा शिख मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन बनाएको थियो । युएईका लागि ओपनिङ ब्याट्म्यान कप्तान फहद नवाज र अन्स टन्डनले अर्धसतकीय पारी खेले ।
त्यस्तै ब्रान्डन एडमले १९, वसी शाहले १८, अलि मिर्जाले १६, फिग्य जोनले १५, स्याइद हाइदेरले १२ र पालानिएपेन मेइयाप्पेनले ११ रन जोेडे । नेपालका लागि पवन सरार्फ, नन्दन यादव र रसिद खानले २–२ तथा सुर्य तामाङ र सागर ढकालले एक–एक विकेट लिए ।
प्रकाशित समय १८:१२ बजे

















