गृहपृष्ठ प्रधानमन्त्रीको स्वास्थ्यस्थिती बुझ्न प्रचण्ड शिक्षण अस्पतालमा
प्रधानमन्त्रीको स्वास्थ्यस्थिती बुझ्न प्रचण्ड शिक्षण अस्पतालमा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितीको जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्ट प्रचण्ड अस्पताल पुगेका हुन् ।
रुघाखोकी सामान्य अवस्थामा नआएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड त्यहाँ पुगेका हुन् । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, महासचिव विष्णु पौडेललगायतका नेताले पनि अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यस्थितिको जानकारी लिएका थिए ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका नेता भीम रावल, टोपबहादुर रायमाझी, केशव बडाललगायतले पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।
प्रधानमन्त्रीलाई भेटेर बाहिर निस्किएका नेता रायमाझीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको र उपचार भइरहेको जानकारी दिए । प्रधानमन्त्रीको मनमोहन काडियोथोरासिस भास्कलुर एण्ड ट्रान्सप्लान्ट केन्द्रमा उपचार भइरहेको छ ।
यसैबीच अस्पतालले प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको तथा रगतमा चिनीको मात्रा कम देखिएको जानकारी दिएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार र अवस्था सामान्य रहेको जनाएको छ ।

प्रकाशित समय १२:१३ बजे

















