गृहपृष्ठ मुलुकमा ३८ प्रतिशत जग्गा बाँझो छ : मन्त्री पुन

मुलुकमा ३८ प्रतिशत जग्गा बाँझो छ : मन्त्री पुन

Barshaman-Pun-Ananta

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ३८ प्रतिशत खेरियोग्य जमिन बाँझो रहेको बताएका छन् । जसका कारण ठूला सिँचाइ आयोजनाको लागि जोड दिएर काम भइरहेको जानकारी दिए ।

प्रदेश-२ अन्नको भण्डार भएकाले सिँचाइको व्यवस्थापन गर्न सरकारले तदारुकताका साथ सुनकोसी कमला डाइभर्सन र सुनकोशी मरिनखोला डाइभर्सनको लागि डिपिआर तयार भइसकेकाले त्यसको चाँडै कार्यान्वयन हुने बताएका छन् ।

परम्परागत हिसाबले काम नहुने भन्दै आर्थिक समृद्धिका लागि आर्थिक क्रान्ति हुनु पर्नेमा जोड दिए । उनले भने, ‘अब देशमा तीनै तहका सरकार गठन भइसकेकाले प्रतिस्पर्धात्मक रुपमा देशका गौरवशाली योजनाहरुलाइ सफल पार्नु पर्छ,’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीको संसदिय दलले जनकपुरमा आयोजना गरेको वर्तमान अवस्थामा ऊर्जा र सिँचाइ विकासमा तीनै तहको भूमिका विषयक अन्तर्क्रियाको आयोजना गरेको थियो । सिँचाइ र ऊर्जा विकासमा स्थानीय तहको भूमिका अभिवृद्धिका लागि संघीय सरकारले ६ सय कर्मचारी राखेर बाँकी प्रदेश र स्थानीय तहमा पठाएको जानकारी दिए ।

अझै पनि स्थानीय तहमा कर्मचारी अभाव देखिएकाले बिस्तारै समाधान गर्ने उल्लेख गरे । छिमेकी देश चीन र भारतमा आर्थिक अवस्था राम्रो भएको उदाहरण दिँदै अब नेपालले पनि आर्थिक क्रान्ति गरेर दिनानुदिन विदेशिँदै गरेको युवा जनशक्तिलाई देशमै रोजगार दिएर यहाँको उत्पादन बढाइनु पर्ने बताए ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु