गृहपृष्ठ अख्तियारका आयुक्त पाठकलाई घुस दिने लम्बोदरविरुद्ध मुद्दा दायर, ८ बर्ष कैद मागदावी

अख्तियारका आयुक्त पाठकलाई घुस दिने लम्बोदरविरुद्ध मुद्दा दायर, ८ बर्ष कैद मागदावी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाउने नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई ८ वर्ष कैद सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयुक्त पाठकले घुस लिएको भिडियो सार्बजनिक भएपछि अख्तियारले छानविन गरेको थियो । छानविनका क्रममा न्यौपानेले सामुदायिक कलेजलाई निजी बनाउन खोजेको आरोपमा अख्तियारले थालेको छानविन तामेलीमा राख्न पाठकलाई घुस दिएको पुष्टि भएको थियो । उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजायका साथै जरिवाना गर्न माग दावी गरेर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु