गृहपृष्ठ घुस लिएको आरोपमा सुब्बा पक्राउ

घुस लिएको आरोपमा सुब्बा पक्राउ

pakrau-arrest-newskarobar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ ।

राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गरिदिने प्रलोभनमा सेवाग्राहीसँग रु १५ हजार घुस लिएलगत्तै आयोग टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

टोलीले सुवेदीलाई आफ्नै कार्यकक्षमा रकम लिँदै गर्दा नियन्त्रणमा लिएको महानगरीय प्रहरीवृत्त जगातीले जनाएको छ ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु