गृहपृष्ठ दक्षिण अफ्रिकाको खानीमा भेटियो ४२५ क्यारेटको हिरा
दक्षिण अफ्रिकाको खानीमा भेटियो ४२५ क्यारेटको हिरा
दक्षिण अफ्रिकाको प्रिमियर खानीमा ४२५ क्यारेटको ठूलो हिरा भेटिएको छ, त्यही खानीबाट एक शताब्दीअघि विश्वकै सबैभन्दा ठूलो हिरा भेटिएको छ । खानीका मालिक पिटरले त्यहाँ ४२५ क्यारेटका सेतो हिरा पाइएको बताएका छन् ।
उनले यो ठूलो हिरा पाइएपछि अफू खुसी भएको बताएका छन, किनकी उनले सञ्चालन गरेको खानीबाट लामो समयदेखि मूल्यवान हिरा भेटिएको थिएन ।
उक्त हिरा खानी सन् १९०२ देखि सञ्चालनमा छ भने त्यहाँ सन् १९०५ मा सबैभन्दा ठूलो हिरा कलिनन डायमन्ड भेटिएको थियो, जुन ३१०६ क्यारेटको थियो ।
प्रकाशित समय १७:३२ बजे

















