गृहपृष्ठ माहेश्वरी अन्तराष्ट्रिय समागम
माहेश्वरी अन्तराष्ट्रिय समागम

काठमाडौं- विश्वभरका माहेश्वरी बन्धुको छाता संगठन अखिल भारत वर्षीय माहेश्वरी महासभाको २८ औं सत्रको पंचम कार्य समिति बैठक ‘माहेश्वरी अंतर्राष्ट्रीय समागम’ काठमाडौमा भएको छ ।
समागमको उदघाटन संघीय गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए । समारोहको विशिष्ट अतिथिमा भारतका राजदुत मंजीव सिंह पुरी, नेपाल राष्ट्रिय मारवाडी परिषदका अध्यक्ष पवन मित्तल र अखिल भारत वर्षीय माहेश्वरी महासभाका सभापति श्याम सुन्दर सोनी रहेका थिए । नेपाल माहेश्वरी परिषदको संयोजन र माहेश्वरी समाज काठमाडौंको आतिथ्यतामा समागम भएको हो ।
कार्यक्रम अखिल भारवर्षीय माहेश्वरी महासभाको कार्यसमितिको नियमित बैठक अन्तर्गत २८ औं सत्रको पाँचौ कार्यसमिति बैठकको रुपमा हुन गइरहेको र कार्यक्रमको प्रमुख उद्देश्य विश्वभर रहेका माहेश्वरी बन्धुलाई एकै छाता मुनी संगठीत गराउनु रहेको पनि बिज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा विश्वभर रहेका माहेश्वरी बन्धुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय ०८:४० बजे