गृहपृष्ठ सिरहामा एनआईसी एसिया बैंक

सिरहामा एनआईसी एसिया बैंक

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले सिरहाको कल्याणपुर नगरपालिकाको भोक्राहामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा उद्घाटन प्रदेशसभा सदस्य सुरेशकुमार मण्डल र कल्याणपुर नगरपालिका प्रमुख सूर्यनाथ मण्डलले संयुक्त रूपमा गरेका हुन् । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिका रूपमा मतिबुल राईलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरूले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने लगायतको सुबिधा उपलब्ध गराउने जनाएको छ । बैकको २१६ शाखा कार्यालयहरू, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित सेवा संचालनमा रहेको छ । बैंकको वासलातको आकार १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११० अर्ब र कुल निक्षेप करिब १३६ अर्ब पुगेको छ ।

प्रकाशित समय ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु