गृहपृष्ठ टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सरकारलार्इ स्पष्टीकरण बुझाइन्
टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सरकारलार्इ स्पष्टीकरण बुझाइन्
काठमाडौं– नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले आफ्नो कार्यसम्पादनका सम्बन्धमा सरकारलाई स्पष्टीकरण बुझाएकी छन् । सूचना तथा सञ्चार मन्त्रालयमार्फत भण्डारीले स्पष्टीकरण दिएकी हुन् ।
प्रबन्ध निर्देशक राजभण्डारीको कार्यसम्पादन सन्तोषजनक नदेखिएको भन्दै सरकारले वैशाख २४ गते स्पष्टीकरण मागेको थियो । त्यसअघि, सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जिम्मेवारी सम्हालेलगत्तै दूरसञ्चार कम्पनीको कार्यालय पुगेर सुधारका लागि आवश्यक निर्देशन दिएका थिए । निर्देशन पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीलाई कार्यकक्षमै बोलाएर सचेत समेत गराएका थिए ।
काठमाडौं र पोखराबाहेक अन्य स्थानमा फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्डमा अप्टिकल फाइबर बिच्छ्याउन ढिलाइ भएको, टेलिकमको गुणस्तर बढ्न नसकेको जस्ता विषयलाई लिएर सरकारले उनीसँग स्पष्टीकरण मागेको थियो । टेलिकमले भने देशव्यापी फोरजी/एलटीई पूर्वाधार विस्तारका लागि टेन्डर प्रक्रिया भइरहेको जनाएको छ । राजभण्डारी २०७३ असोजमा भण्डारी खुला प्रतिस्पर्धाबाट तीन वर्षका लागि टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी हुन् ।
प्रकाशित समय १५:१९ बजे

















