गृहपृष्ठ इन्भेष्टमेन्ट बैंकका तीन शाखा विस्तार
इन्भेष्टमेन्ट बैंकका तीन शाखा विस्तार
काठमाडौं, १५ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन तीनवटा शाखा विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको छ । बैंकको शाखा संख्या ६६ वटा पुगेको छ ।
१० अर्ब ६२ करोड चुक्तापूँजी रहेको सो बैंकको निक्षेप रु एक खर्ब ३० अर्ब तथा कूल कर्जा लगानी रु एक खर्ब १४ अर्ब रहेको छ ।
प्रकाशित समय २१:०९ बजे