गृहपृष्ठ खुसी साटासाट गर्दै मनाइयाे इद

खुसी साटासाट गर्दै मनाइयाे इद

मदिना मदरसा मस्जिद प्रबन्ध परिषदमा समुहिक नमाज पश्चात  तस्वीर खिचाउदै मुस्लीम समुदायका व्याक्तिहरु ।

 

मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद–उल फित्र (इद) धुमधामका साथ मनाइएको छ । एक महिना सम्म रोजा(ब्रत) बसेर शनिवार ब्रत तोडी एक आपसमा शुभकामना साटासाट गरी ईद मनाइएको हो ।

बुटवलमा पनि मदिना मदरसा मस्जिद प्रबन्ध परिषदको आयोजनामा समुहिक नमाज पढ्नुको साथै  शुभकामना आदान प्रदान गरेर  ईद मनाइएको छ । एक महिना सम्मको उपवास बस्दै आज इद मनाउन पाउँदा हर्सित भएको मदिना मदरसा मस्जिद प्रबन्ध परिषद् का संरक्षक हाजी जमाल मियाँ जानकी दिए ।

एक महिनाको रोजा समाप्ति सँगै आज सेवई, खिर, लगायत मीठो मीठो परिकार खाँदै आफन्त, असाहयहरु सँग खुसी साटा–साट गरेको परिषद का अध्यक्ष बबर अलि मियाले जानकारी दिए ।

तस्वीरः

प्रकाशित समय १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु