गृहपृष्ठ नगरप्रमुखले ओढाए खुनाको शवमा राष्ट्रिय झण्डा, प्रहरीद्वारा सलामी

नगरप्रमुखले ओढाए खुनाको शवमा राष्ट्रिय झण्डा, प्रहरीद्वारा सलामी

kanchanpur-newskarobar फाइल तस्बिर

 

प्रहरीको गोली लागेर मृत्यु भएका सनी खुनाको आइतबार दाहसंस्कार गरिएको छ । खुनाको महाकाली नदीमा दाहसंस्कार गरिएको हो ।

दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाटमा प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दिपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले खुनाप्रति शोक सलामी अर्पण गरेको थियो । सरकारले शनिबार खुनालाई सहिद घोषणा गरेको थियो भने उनको परिवारलाई १० लाख आर्थिक सहायता दिने घोषणा गरेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर उनको मृत्यु भएको थियो । नगर प्रमुख विष्टले थप सहयोगका लागि पहल गर्ने बताए ।

उनले खुना परिवारलाई तीन लाख सहयोग गर्ने घोषणा गरेका छन् । निर्मला पन्तको हत्यापछि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सामान्य बन्दै गएको छ । रक्षबन्धन र जनै पूर्णिमा भएका कारण आइतबार विहान ५ घण्टाका लागि कर्फ्यु हटाईएको थियो । विहान ५ वजेदेखि १० बजेसम्म खोलिएको कर्फ्यु पुनः लगाईएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु