गृहपृष्ठ गुम्बा निर्माण तिब्र गतिमा हुन्छ : सिइओ ज्ञवाली

गुम्बा निर्माण तिब्र गतिमा हुन्छ : सिइओ ज्ञवाली

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले गुम्बाहरुको पुनर्निर्माणमा प्राधिकरण प्रतिबद्ध भएको बताएका छन् । गुम्बा पुनर्निर्माणबारे सरोकारवालासँग सिंहदरबारमा छलफल गर्दै भूकम्पबाट क्षतिग्रस्त गुम्बाहरु तत्काल पुर्ननिर्माण गरिने बताए ।

आईतबार छलफलको क्रममा सीइओ ज्ञवालीले निजी आवास पुनर्निर्माणमा बढी जोड दिनु परेकाले केही समय गुम्बा लगायतका संरचनाहरुको पुनर्निर्माण ओझेलमा परेको स्विकारे । गुम्बा पुनर्निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाए । सम्बन्धित गुम्बाहरुले बनाएका नक्सालाई मान्यता दिनुपर्ने प्रतिनिधिको मागप्रति सकरात्मक धारणा राख्दै उनले सरोकारवालाहरुको राय सल्लाहमा सम्पदाको मौलिकता रहनेगरी त्यसलाई अन्तिम रुप दिइने बताए ।

उनले गुम्बालगायतका सार्वजनिक संरचना निर्माणमा स्थानीय सरकारलाई पनि संलग्न गराउँदै लैजाने प्राधिकरणको नीति रहेको पनि उल्लेख गरे । छलफलमा प्रतिनिधिसभा सदस्य त्रय जिपछिरिङ लामा (दोलखा), श्याम कुमार श्रेष्ठ (रामेछाप) र हेम कुमार राई (सोलुखुम्बु), बौद्ध दर्शन विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङ, नेपाल बौद्ध महासंघका अध्यक्ष रिन्छेन लामा, महासचिव कमल भण्डारी, विभिन्न गुम्बाका प्रमुखहरु लगायतको सहभागिता थियो ।

प्रकाशित समय १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु