गृहपृष्ठ प्रदेश सरकारको निर्णय टेरेनन् सिडियो कार्यालयले

प्रदेश सरकारको निर्णय टेरेनन् सिडियो कार्यालयले

सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय, सरकारी कार्यालय खुल्लै

cdo-office-newskarobar

 

आइतबार सार्वजनिक विदा दिने ७ नम्बर प्रादेश सरकारको निर्णयलाई वेवास्ता गर्दै प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले कार्यालय खोलेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार नै सूचना जारी गर्दै आइतबार परेको जनैपूर्णिमा तथा रक्षाबन्धनमा प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय र सार्वजनिक निकायमा विदा हुने जनाएको थियो ।

९ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले प्रादेशिक सरकारले गरेको सार्वजनिक विदालाई बेवास्ता गर्दै कार्यालय खोलेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय संघीय सरकारको मातहतमा भएकाले विदाका सम्बन्धमा गृह मन्त्रालयबाट कुनै परिपत्र नआएको हुँदा कार्यालय खोलेको बताए ।

त्यस्तै जिल्लाको क्षेत्रीय शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नेपाल राष्ट्र बैंक लगायतका कार्यालयसमेत खुलै रहेका छन् । यता आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर अर्यालले भने सार्वजनिक विदाका विषयमा गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए ।

प्रकाशित समय २०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु