गृहपृष्ठ जापानले त्रिवि शिक्षण अस्पताललाई ५३ वटा उपकरण दियो
जापानले त्रिवि शिक्षण अस्पताललाई ५३ वटा उपकरण दियो
त्रिवी शिक्षण अस्पताललाई जापानले ५३ वटा अत्याधुनिक उपकरण सहयोग गरेको छ । नेपालका लागि जापानी राजदूत मासामिचि साइगो र जाइका नेपालका प्रमुख प्रतिनिधि जुन साकुमाले सोमबार एक कार्यक्रमको बिच उत्त मेसिन अस्पतालाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि पोखरेलले जापाले नेपाललाई सदैवसहयोग गरेको भन्दै भूकम्प पछिको जापानी सहयोगले नेपाललाई ठुलो राहत मिलेको बताए । उनले जापानले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगले गुणस्तरीय सेवा प्रवाह थप मजबुत हुने बताए ।
नेपालका लागि जापानी राजदूत साइगोले शिक्षण अस्पतालको स्थापनाकालदेखि नै जापानले सहयोग गर्दै आएकोमा जनशक्ति विकास तथा चाहिएको बेला जापान जहिल्यै सहयोग गर्न तयार रहेको बताए ।
अल्ट्रसोनोग्राफ, डिजिटल म्यामोग्राफ, भेन्टिलेटर, एनेस्थेसिया मेसिन, भिडियो अर्थोस्कोपी सेट गरी ५३ वटा उपकरणहरु अस्पताललाई उपलब्ध गराएको छ ।
प्रकाशित समय १७:०२ बजे

















