गृहपृष्ठ बैकिङ एक्सपो
बैकिङ एक्सपो
मिडिया इन्टरनेस्नलद्धारा आयोजित बैकिङ एक्सपो कायक्रम सुनसरीको इटहरीमा शुरु भएको छ । पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो आइतबारसम्म चल्ने छ
एक्स्पोको उद्घाटन गर्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले चाँडै सात सय ५३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने बताए । त्यसका लागि केन्द्रीय बैंकले वित्तीय संस्थालाई प्रोत्साहन गरिरहेको सरकारी कारोबारका लागि र, ‘समृद्धिका लागि पनि यो बैंक÷ताथा वित्तीय संस्था आवश्यक रहेको बताए ।
उत्पादनशील क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने बताउँदै त्यसको कार्यान्वयनका लागि राष्ट्र बैंकले निगरानी गदै आएको र हरेक वाणिज्य बैंकले कुल कर्जाको पाँच प्रतिशत विपन्न वर्गको लागि लगानी गर्नुपर्ने सस्तो ब्याजदर कर्जाले विपन्न वर्गका व्यक्तिको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने बताए ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बैंकलाई बुझ्न सकृ धेरै फाइदा लिन सकिने बताए । बैंक र पैसाको महत्व तथा उपयोगिताबारे उनले भने, ‘इच्छाशक्ति, जाँगर र भिजन भएकालाई बैंकले बिनाधितो पनि कर्जा दिन्छन् ।’
प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले आफ्नो सम्पति सुरक्षणका लागि बीमाबारे पनि जानकार हुन आवश्यक रहेको बताइन् । ‘पैसा, कारोबार, बैंकसँगै बीमाबारे पनि जान्नु महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘बीमा गर्दाका फाइदाहरु थुप्रै भएकाले यसको पहुँचभित्र हामीले बस्नुपर्छ ।’
इटहरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष शैलेस विष्टले बैंकले आफ्नो सेवालाई सरल र सहज बनाउनाको साथै ग्राहकलाई आफ्नो सेवा र सुविधाबारे जानकारी गराउनुपर्ने र व्यवसायीसँग पनि प्रभावकारी समन्वय गनुपर्नेमा उनको जोड दिए । मिडिया इन्टरनेसनलका अध्यक्ष एवं ‘वित्तीय जागरण स् राष्ट्रिय अभियान’ का संयोजक माधव निर्दोषले बैंक तथा वित्तीय संस्थाबिना समृद्धि सम्भव नहुने बताए ।
। एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारी मुलक स्टल राखिएको छ । शनिबार लघुवित्त र आइतबार बीमा विशेष कार्यक्रम हुने एक्स्पो कुनै व्यवसायिक प्रयोजनका लागि नभएर वित्तीय साक्षरता कार्यक्रम अन्तर्गतकै भएको संयोजक निर्दोषले बताए । ‘झट्ट सुन्दा बैंंकिङ एक्स्पो कुनै व्यापारिक प्रयोजनका लागि हो कि भन्ने लाग्छ ।’ उनले भने, ‘तर, वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत नै पूर्वाञ्चलका नागरिकमा वित्तीय ज्ञान प्रदान उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो, यसबाट फाइदा उठाउन म पूर्वाञ्चलवासीलाई आह्वान गर्न चाहान्छु ।’
इटहरीस्थित जनता माविमा कार्यक्रम उद्घाटन हुनुपूर्व विशाल र्यालीले चोक परिक्रम गरेको थियो । कार्यक्रममा पूर्वाञ्चलका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नेपाल राष्ट्र बैंक विराटनगरका व्यवस्थापक, विद्यार्थी, समाजिक कार्यकर्ता, उद्यमशीलतामा लागेका व्यक्ति लगायतको उपस्थिति रहेको थियो । बैंकिङ स्टल भने करिब दुई हजारले अवलोकन गरेका मिडिया इन्टरनेशनलले जनाएको छ ।
यसअघि सो संस्थाले सुदुरपश्चिम र पश्चिमाञ्चलमा ‘वित्तीय जागरण स् राष्ट्रिय अभियान’ संचालन गरेको थियो भने काठमाडौँमा पहिलो पटक बैंकिङ एक्स्पोको संचालन गरेको थियो ।
प्रकाशित समय ०४:०९ बजे